अख्तरले चर्चाको मौका छाड्दैनन्



लाहोर, (एजेन्सी) । 

पाकिस्तानका पूर्व बलर सोएब अख्तरले केही न केही विषयमा अल्झेर चर्चामा रहन कुनै मौका छाड्दैनन् । अख्तरले हाल दिएको एक अन्तरवार्तामा सनसनी घटनाको उल्लेख गरेर चर्चा बटुले । उनले भारतीय क्रिकेटर सचिन तेन्दुलकर ठट्टा गर्दा गर्दै भुइँमा ढलेको बताए । उनले यदि उनलाई केही भएको भए भारतका मान्छेले उनलाई जिउँदै जलाउँला भनेर बताएका थिए ।

उक्त घटना २००७ को थियो । पाकिस्तानको टिम भारतको यात्रामा थियो । त्यही समयमा एक अवार्ड समारोहमा सचिन, अख्तर, हरभजन सिंह र युवराज सिंह एकै ठाउँमा बसेका थिए । अख्तरले ठट्टा गर्दै सचिनलाई उठाउन खोजेका थिए, तर सचिन चिप्लेर भुइँमा लडेका थिए । उनलाई कुनै चोट भने लागेन, यसैमा अख्तरले राहतको श्वास लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्