साफ च्याम्पियनसिप नेपालमा हुन सकेन



नेपाल समाचारपत्र, काठमाडौं ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप नेपालमा आयोजना हुन सकेन । सोमबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले माल्दिभ्सलाई आयोजक राष्ट्र घोषित गरेपछि नेपालमा प्रतियोगिता हुन नसकेको हो । निर्णयअनुसार प्रतियोगिता आउँदो अक्टोबरमा आयोजना हुनेछ ।

अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने प्रतियोगितामा ५ राष्ट्रले सहभागिता जनाउनेछन् । तर, भुटानले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्ने बैठकमा बताइएको छ । यदि, भुटानले पनि भाग लिएमा दक्षिण एसियाका ६ राष्ट्र सहभागी हुनेछन् । पाकिस्तान भने सहभागी हुनेछैन ।

हालसम्म नेपालले साफ च्याम्पियनसिपमा उपाधि जित्न सकेको छैन । गत संस्करण बंगलादेशमा भएको थियो, जसमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको थियो । नेपाललाई हराएको टिम माल्दिभ्सले उक्त उपाधिसमेत जितेको थियो । नेपालले दुईपटक प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्