पाराल्याम्पिकमा पलेशाले भाग लिने



नेपाल समाचारपत्र, काठमाडौं ।

जापानको टोक्यो शहरमा २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म आयोजना हुने पाराल्याम्पिक गेम्स २०२१ को लागि नेपालको तर्फबाट पलेशा गोवद्र्धनले सहभागिता जनाउने भएकी छन् । तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलेले के ४४ अन्तर्गत ५८ केजी मुनि प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशासहित पाराल्यम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई केल्मीले खेल सामग्री प्रायोजन गरेको छ । पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दि सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामग्री केल्मीले उपलब्ध गराउनेछ ।

नेपालका लागि केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराल्याम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

केल्मीले पाराल्याम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ । पाराल्याम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल पोशाक प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्