केनलाई कारवाही हुने



लन्डन, (एजेन्सी)

इङ्लिस क्लब टोटेनह्यामले आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनलाई कारवाही गर्ने जनाएको छ ।केन सोमबार टोटेनह्यामको प्रशिक्षणमा उपस्थित नभएको भन्दै क्लबले उनलाई कारवाही गर्ने बताएको हो । केनले केही समयअघि टोटेनह्यामसँगको यात्रालाई अब टुंग्याउने मनासयमा रहेको बताउँदै आएका छन् ।

म्यानचेस्टर सिटीसँग उनका राष्ट्रिय टिमका सहकर्मी ज्याक ग्रेलिसको नाम जोडिएसँगै केन पनि सिटी निकट रहँदै आएको बताइएको छ । सोही कारण केनले टोटेनह्यामको सोमबारको प्रशिक्षण अस्वीकार गरेका थिए । ३ सयभन्दा बढी म्याच खेल्दा पनि केनले टोटेनह्यामबाट अझै ठूलो उपाधि भने जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्