बेन्जेमाद्वारा प्रस्ताव अस्वीकार



लन्डन, (एजेन्सी) । 

स्पेनिस क्लब रियल मेड्रिडका स्ट्राइकर करिम बेन्जेमाले सम्झौता नवीकरणका लागि क्लबले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
रियलले बेन्जेमालाई २०२४ मा क्लबमै रहनेगरी सम्झौता नवीकरणका लागि प्रस्ताव गरेको हो । ३३ वर्षीय बेन्जेमाले आफ्नो उमेर बढ्दै गएकोले आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने यसले क्लब र समर्थक दुवै पक्षमा घाटा हुन सक्ने बताउँदै क्लबको प्रस्ताव अस्वीकार गरेको हो ।
बेन्जेमाले रियलसँग सन् २०२३ सम्मको सिजनका लागि मात्र सम्झौता नवीकरण गर्ने बताएका छन् । बेन्जेमाले यस अघि पाउँदै आएको तलबमा २०२१-२२ सिजनका लागि १० प्रतिशत र २०२२-२३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्तावसमेत स्वीकार गरेका छन् ।

केही साताअघि सम्पन्न युरोकप २०२० फुटबलमा बेन्जेमा तेस्रो सर्वाधिक गोलकर्ताको रूपमा रहेका थिए । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता बेन्जेमाले रियलको एकमात्र भरपर्दा स्ट्रइकरको भूमिका निभाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्