राखेपद्वारा लाखेको संयोजकत्वमा समिति गठन



नेपाल समाचारपत्र, काठमाडौं  । 

राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघभित्र भएको विवाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय “विवाद सामाधान छानविन समिति” गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयअनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिका सदस्यहरूमा परिषद्का सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य रहेका छन् । परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कँुवरले नवगठित समितिलाई ७ दिनभित्र सत्य तथ्य छानविन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिनुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मिति २०७८ श्रावण १८ च.नं. ५० को पत्रबाट अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघभित्र भएको विवाद सामाधानका लागि छानविन समिति गठन गर्न राखेपलाई अनुरोध भएकोमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले लाखेको संयोजकत्वमा “विवाद सामाधान छानविन समिति” गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्