चेल्सीद्वारा आर्सेनल पराजित



लन्डन, (एजेन्सी) ।

प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा इंग्लिस प्रिमियर क्लब चेल्सीले लिगको चिरप्रतिद्वन्द्वी क्लब आर्सेनललाई पराजित गरेको छ ।

आइतबार राति भएको उक्त खेलमा आर्सेनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको सो खेलमा पाहुना टोली चेल्सीले आर्सेनलमाथि २–१ को जित हात पारेको हो । चर्को प्रतिस्पर्धा भएको उक्त खेलमा चेल्सीका लागि खेलको २६औं मिनेटमा जर्मन युवा खेलाडी काई हाभर्ट्जले पहिलो गोल गरेका थिए । सोही गोलको मद्दतमा चेल्सीले पहिलो हाफमा १–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा घरेलु टोली आर्सेनल खेलको ६९औं मिनेटमा खेलमा फर्कियो । आर्सेनलका लागि ग्रानिट शाकाले गोल गरेर खेल १–१ बनाएका थिए । तर, बराबरी गोल गरेको चार मिनेटमै आर्सेनलले गोल दोस्रो गोल बहो¥यो । खेलको ७३औं मिनेटमा चेल्सीका लागि टमी अब्राहमले गोल गरेपछि खेल चेल्सीले २–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्