काठमान्डु किंग्समा सन्दीप कप्तान



काठमाडौं, (नेस) ।

काठमान्डु किंग्स इलेभनले सन्दीप लामिछानेलाई उनकै जन्मदिनको अवसर पारेर टिमको कप्तानमा नियुक्त गरेको छ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा सहभागीमध्ये एक टिम काठमान्डु किंग्सले सन्दीपलाई कप्तानको रूपमा घोषणा गर्न पाउँदा गर्वित भएको उल्लेख गरेको छ । गत साता काठमान्डु किंग्सले पाकिस्तानका अलराउन्डर सहिद अफ्रिदीलाई पनि अनुबन्ध गरेको थियो ।

काठमान्डु किंग्सका सीईओ राजजंग थापाले बताए–‘सन्दीप लामिछाने नेपाली क्रिकेटका ग्लोबल ब्रान्ड इमेज हुन् । उनले आफूलाई मिस्टर टी–२० को रूपमा स्थापित गरेका छन् । युवा उमेरमै उनले विश्वभरिका प्रमुख क्रिकेट लिगमा प्रतिनिधित्व गरेका छन् । हामी उनलाई नयाँ यात्राको लागि सफलताको कामना गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्