सिटीको नयाँ जर्सी सार्वजनिक



लन्डन, (एजेन्सी) ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ ।

सिटीले २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो । सिटीले होम जर्सी यसअघि नै सार्वजनिक गरिसकेको छ । सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । सिटीले नयाँ जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ । सिटीले नयाँ जर्सीको बिक्री शुरू भईसकेको समेत जनाएको छ ।

प्रिमियर लिगकै अर्को क्लब चेल्सीले पनि आगामी सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ । क्लबले बिहीबार नयाँ अवे जर्सी सार्वजनिक गरेको हो । चेल्सीको नयाँ जर्सी नाईकेले बनाएको हो । चेल्सीले २०२१–२२ सिजनका लागी अवे जर्सीको रङ पहेलो बनाएको छ । सन् १९६० को दशकमा पहिलोपटक पँहेलो जर्सी प्रयोग गरेपछि ,पहेलो सर्ट चेल्सीले नियमितरूपमा प्रयोग गर्दै आइरहेको छ । चेल्सीले सन् २००८, २०१३, २०१४ र २०१८ मा पनि पँहेलो जर्सी प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्