फास्ट बलर हेन्ड्रिकको निधन



लन्डन, (एजेन्सी) ।

इंग्ल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ ।

उनको मंगलबार राति ७२ वर्षको उमेरमा निधन भएको हो । उनी केही वर्षयतादेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । हेन्ड्रिकले इंग्ल्यान्डका लागि ३० टेस्ट र २२ एक दिवसीय खेलेका थिए । हेन्ड्रिकले सन् १९७४ देखि १९८१ सम्म टेस्ट खेल्ने क्रममा ८७ विकेट लिएका थिए ।

उनी दुईपटक एसेज प्रतियोगिता जित्ने इंग्लिस टिमका सदस्य पनि थिए । त्यस्तै, सन १९७९ को विश्वकपसमेत गरी उनले इंग्लिस राष्ट्रिय टिमबाट कुल २२ एक दिवसीय म्याच खेलेका थिए । साथै उनले डर्बीसायर र नटिंगहामसायरबाट पनि लामो समय काउन्टी क्रिकेट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्