गौरिकाको नयाँ राष्ट्रिय किर्तिमान



काठमाण्डौ ।

जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले बुधबार भएको महिला १ सय मिटर फ्रि–स्टाइलमा नयाँ राष्ट्रिय कायम गरेकी छन् ।

गौरिकाले नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे भएको महिला १ सय मिटर इभेन्टसको पौडी प्रतिस्पर्धा गौरिकाले १ मिनेट ००.११ सेकेन्ड्समा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन । हिट वानमा प्रतिस्पर्धा गरेकी गौरिकाले स्विमिंग पुलको पाँचौ लेनमा रहेर नाइजेरिया, गुएम र मोन्टेनेग्रोका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेकी थिईन । यो विधामा उनको इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको थियो । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् ।

त्यस्तै, नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।

यस प्रतिस्पर्धा उत्रेका कुल ५२ खेलाडीमध्ये शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् । हिजोको खेलमा नेपाली पौडी खेलाडी एलेक्स शाह ओलम्पिकको हिट चरणमा पहिलो भएपनि हिट चरणको समयका आधारमा शीर्ष १६ मा पर्न नसकेपछि उनी प्रतियोगिता बाहिरिएको थियो । तर, उनले राष्ट्रिय कीर्तिमान राख्न भने सफल भए । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि जापानकै तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्