अध्यादेशबाट ल्याइएको बजेटको करको बिषयमा बुटवलमा छलफल

238
Shares

यमलाल भुसाल, बुटवल ।

अध्यादेशबाट ल्याईएको चालु आर्थिक वर्षको बजेटमा व्यबस्था गरिएको करको बिषयमा बुटवलमा छलफल गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा आर्थिक अध्यादेश २०७८ अन्तरगत आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि छलफल भएको होे ।

बुटवल उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको छलफल कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कुटवलका प्रमुख ध्रुव पाण्डे, नयां व्यबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कर अधिकृत बिनोद माँझीले दुई वा दुई भन्दा बढी विल काटे वा माल खरिद गरेपनि एकमुष्ठ हिसाव लेख्न र आर्थिक ऐनले दिएको छुटवारे जानकारी गराउनु भएको थियो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कर सम्बन्धि नयां व्यबस्थाको बारेमा व्यबसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्न जरुरी रहेको औल्याउनु भयो । उहांले अघिल्लो वर्ष आएको पुनःकर्जा कार्यक्रम ठुला र पहुँचवालाले मात्रै पाएकोले यो वर्ष त्यसलाई व्यबस्थित गर्नेगरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्रबैंकलाई आग्रह गरिएको जानकारि गराउनु भयो ।

कार्यक्रममा कर अधिकृत बिनोद माँझी र संघका राजश्व परामर्शदाता सिए हरि लम्लाल संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको महासचिव बिमलराज भट्टराईले लगायतले व्यवसायीले भोग्नु परेका समस्याका वारेमा प्रकाश पार्नु भएको थियो ।