नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव



नेपाल समाचारपत्र, काठमाडौं ।

बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा साफ बैठकले नेपाललाई प्रस्ताव राखेको हो । तर, नेपालसँगै माल्दिभ्स र भारतले पनि प्रतियोगिता आयोजना गर्न दाबेदारी प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा ५ टोलीले मात्र सहभागीता जनाउने सम्भावना छ । पाकिस्तानी फुटबल टिम फिफाको प्रतिबन्धमा रहेको छ भने भुटानी सरकारले कोरोनाको कारण देश बाहिर जान प्रतिबन्ध लगाएको हुँदा भुटानी फुटबल टिम पनि सहभागी हुने छैन । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेश रहने प्रबल सम्भावना छ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जितेको छैन ।

प्रतिक्रिया दिनुहोस्