नक्कली लाइसेन्स बनाउने डाक्टर पक्राउ

4.5k
Shares

काठमाडौं, (नेस) ।

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नक्कली बनाएको अभियोगमा राजधानीका एक चर्चित डाक्टर पक्राउ परेका छन् । ग्राण्डी इन्टरनेसनल अस्पतालमा कार्यरत रहँदा डा. विजयश्याम रञ्जितले नक्कली प्रमाणपत्र लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

सन् २०१२ मा एनएमसीको परीक्षा दिएका रञ्जित उत्तीर्ण हुन नसकेपछि उनले नक्कली प्रमाणपत्र लिएको पत्ता लागेको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । ग्राण्डी अस्पतालमा कार्यरत रहँदा रञ्जितले बेस्ट अवार्डसमेत पाएका थिए ।