नेपालमा हालसम्म कोरोनाविरुद्धको कति खोप भित्रियो र कतिले लगाए ? (विवरणसहित)

1.6k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकारले २०७७ माघ ८ गतेपछि कोरोना नियन्त्रणका लागि विश्वले अपनाउँदै आएका नीति लकडाउन, स्वास्थ्य सुरक्षा र खोपमा नै जोड दिएको देखिन्छ ।

नेपालमा हाल सम्म ८० लाख मात्रा खोप भित्रीसकेको र आईतबार पनि चीनबाट ८ लाख मात्रा खोप भित्रदै गरेकोे खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख झलक गौतमले बताउँनुभयो । नेपालमा खोप लगाउनेहरुको तथ्यांक यहि श्रावण ९ गते सम्म पहिलो मात्रा लगाउँने ३३ लाख भन्दा बढी रहेको र पूर्ण खोप लगाउँनेहरुमा १४ लाख भन्दा बढी व्यक्ति रहेको गौतमले नेपाल समाचारपत्रलाई जानकारी गराउँनुभयो । नेपालमा खोप भित्रिएको आधारमा व्यवस्थित र मर्यादित तरिकाले खोप लगाउने र तोकिए बमोजिम नागरिकले खोप प्राप्त गरे नगरेको अनुगमन गर्नुपर्ने निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री नियुक्तीमा ढिलाई हुदा खोप लगाउने र भित्र्याउँने कार्यमा अझै ढिलाई हुन सक्ने विज्ञहरुले औल्याएका छन् ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आईतबार पनि ८ लाख मात्रा खोप काठमाडौं आइपुग्ने गौतमले बताउँनुभयो । यसअघि साउन ७ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याईसकेको छ । चीनबाट अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग ४० लाख मात्रा भेरोसेल खोप खरीद गरेको छ । सोमध्ये असार २५ र साउन ७ गते आठ आठ लाख मात्रा गरी १६ लाख मात्रा खोप नेपाल आइसकेको छ । बाँकी खोप लिन विमान पुनः बेइजिङ जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताउँनुभएको थियो ।