हेल्प फर नेपालद्धारा मेलम्ची बाढीपीडितलाई आर्थिक सहयोग



काठमाडौं ।

हेल्प फर नेपालले मेलम्ची बाढी पहिरो उद्दार राहत तथा पुनर्बासका लागि रु २ लाख १५ हजार नगद सहयोग गरेको छ ।बेलायतको अक्सफोर्डमा दर्ता भएको परोपकारी संस्था हेल्प फर नेपालले मेलम्ची इन्द्रावती खोला बाढी पहिरो उद्दार राहत तथा पुनर्बासका लागि रु २ लाख १५ हजार नगद सहयोग गरेको हो ।

कोरोनाको उपचारमा आवश्यक औषधि उपचार उपकरणहरु विभिन्न ठाउँहरुमा उपलब्ध गराउनको लागि राष्ट्रिय आविष्कार केन्द्रलाइ रु ६ लाख र पश्चिमको गोराही दाङ् र पूर्वको जगरनाथपुर पर्शाका दुई दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार नगद सहयोग प्रदान गरेको छ । हेल्प फर नेपालले मेलम्ची इन्द्रावती खोला बाढी पहिरो उद्दार राहत तथा पुनर्बासका लागि मेलम्ची नगरपालिका लाई रु २ लाख १५ हजार नगद सहयोग गरेको छ ।

हेल्प फर नेपालका सम्पूर्ण सदस्यहरूको तर्फबाट अध्यक्ष एवं पूर्व ब्रिटिश सैनिक कप्तान तुलसी पौडेलले यस परोपकारी कार्यमा शुरु देखि अन्त्य सम्म देश विदेश बाट प्रतक्ष्य तथा अनलाइनमा सहयोग गरेका सबैलाई खुसी भएको ब्यक्त गरिन । डाक्टर चिन्तामणि योगीले यस राहत कार्यक्रमको संयोजन गरिदिएकोमा धन्यवाद प्रकट गरिन । साथै उनले हाम्रो मातृभूमिमा एक पछि अर्को गरि ठुलो क्षेती भएको समयमा यो सानो सहयोगले पीडित हरुको जीवनमा खासै ठुलो परिवर्तन ल्याउन नसकेपनि यतिखेरको मेलम्ची इन्द्रावती खोला बाढी पहिरो उद्दार राहत तथा पुनर्बास कार्यक्रममा केहिहद सम्म भएपनि सहयोग पुग्ने आसा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्