रियलले मिलानसँग खेल्ने



लन्डन, (एजेन्सी) । 

स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले प्रि–सिजनमा इटालियन क्लब एसी मिलानसँग मैत्रीपूर्ण म्याच खेल्ने भएको छ । रियलले २०२१–२२ को प्रि–सिजनमा मिलानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको जनाएको छ ।

मैत्रीपूर्ण खेल अस्ट्रियाको क्लागेनफर्टस्थित वर्थहर्सी स्टेडियममा ८ अगस्टमा हुने जनाइएको छ । कार्लाे एन्सेलोट्टीको नेतृत्वमा रियलले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा स्पेनको तल्लो डिभिजनको फुएनलाब्रादालाई ३–१ ले पराजित गरिसकेको छ ।

त्यस्तै, रियलले स्टेभेन जेरार्डको रेन्जर्ससँग पनि आइब्रक्स स्टेडियममा खेल्ने यसअघि नै तय भइसकेको छ । त्यसपछि, रियलले ला लिगामा १४ अगस्टमा एलाभेससँग खेल्दै नयाँ सिजनको शुरूवात गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्