बाबरको वान डेमा कीर्तिमान



लन्डन, (एजेन्सी)

पाकिस्तानका क्रिकेटर बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रियमा (वानडे) सर्वाधिक छिटो १४ शतक बनाउने खेलाडी बनेका छन् । बाबरले ८१ वानडे खेलबाट १४ शतक बनाएका हुन् । यो उपलब्धिसँगै उनले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हसिम अमलाको कीर्तिमान तोडेका छन् । अमलाले ८४ वानडे खेलबाट १४ शतक लगाएका थिए ।

बाबरले भारतीय कप्तान विराट कोहलीलाई पनि पछि पारेका छन् । कोहलीले डेब्युपछि १ सय ३ वानडे खेलबाट १४ शतक लगाएका थिए । उनी सबैभन्दा छिटो यति संख्यामा शतक लगाउने सूचीमा चौथो स्थानमा छन् । १४ शतक लगाउने क्रममा बाबर र कोहलीबीचको खेलसंख्याको अन्तर २३ रहेको छ । अस्टे«लियाका डेभिड वार्नर ९८ वानडेमा १४ शतक लगाएर तेस्रो स्थानमा रहेका छन् ।

पाकिस्तान पराजित

पाकिस्तानी कप्तान बाबरले यस उपलब्धि इंग्ल्यान्डविरूद्ध १३ जुलाईमा खेलेको वानडेमा हासिल गरेका थिए । तर, बर्मिंघममा भएको सो खेलमा भने पाकिस्तानले हारको सामना गर्नुपरेको थियो । बाबरको शतकले पनि इंग्ल्यान्डसँग हार टार्न सकेन र पाकिस्तानले ३ वानडेको सिरिज ३–० ले गुमाउन पुग्यो ।इंग्ल्यान्डविरुद्धको तेस्रो वानडेमा टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले ९ विकेटको क्षतिमा ३ सय ३१ रन बनाएको थियो । कप्तान बाबरले १ सय ३९ बलमा १४ चौका र ४ छक्काको मद्दतमा १ सय ५८ रनको शानदार इनिङ खेले । यो उनको वानडेमा उच्चतम स्कोर पनि हो । त्यस्तै, विकेटकिपर मोहम्मद रिजवानले ७४ रन र इमाम उल हकले ५६ रनको योगदान दिएका थिए । इंग्ल्यान्डको तर्फबाट ब्राइडन कोर्सले सर्वाधिक ५ विकेट लिएका थिए ।

जवाफमा घरेलु टिम इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय ३२ रन बनाएर जित हासिल गरेको थियो । टिमका लागि जेम्स विन्सले १ सय २ रन जोडे भने लुइस गे्रगरीले ७७ रन बनाएका थिए । पाकिस्तानका बलरमा हारिस राउफले ४ विकेट लिए भने शादाब खानले २ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्