प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप



नेपाल समाचारपत्र, काठमाडौं । 

आगामी साफ च्याम्पियनसिपको लागि तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप भएका छन् ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणका लागि ३६ खेलाडीको नाम सार्वजनिक गर्दा बाँकी १४ खेलाडी बाहिरिएका हुन् ।

उनले प्रारम्भिक चरणमा ५० खेलाडीलाई छनोट गरेका थिए । दोस्रो चरणमा छनोट हुन नसकेका खेलाडीमा गोलरक्षक विशाल सुनार हुन् । अन्य ५ जना गोलकिपर किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ र अपर्ण श्रेष्ठ दोस्रो चरणका लागि छनोट हुँदा युवा गोलकिपर सुनार बाहिरिन बाध्य भएका हुन् ।

यस्तै, डिफेन्डरमा अमित तामाङ, विवेक बस्नेत, निरज बस्नेत, निशान खड्का, गौरव बुढाथोकी, मिडफिल्डरमा डोना थापा, रवि पासवान, मिक्छेन तामाङ, सेसेहाङ आङदेम्बे बाहिरिए । यसैगरी, चार जना फरवार्ड पनि प्रारम्भिक चरणबाटै बाहिरिएका छन् । प्रशिक्षकको नजरमा सफल हुन नसकेका यी खेलाडी हुन्—दर्शन गुरूङ, शिशिर लेखी, सुदील राई र प्रेजेन तामाङ ।

प्रतिक्रिया दिनुहोस्