सगरमाथा कराँतेमा प्रत्युस र रश्मिता उत्कृष्ठ



काठमाडौं, (नेस)  । 

नेपाल सितोरियो कराँते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २२ औं वार्षिक उत्सवको अवशरमा आयोजित सातौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा विष्णुदेवी डोजो नेपाल टिम पहिलो हुँदा भारतीय टिम दोस्रो भयो । बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउँपालिका कन्चनपुर उत्कृष्ठ अुशासित टिम घोषित भए । पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिलातर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका छन् । यस्तै उदीयमान खेलाडीको उपाधि आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फको ३५ किलो तौल समूहमा सन्देश तामाङ पहिलो भए । उनले फाइनलमा रोजन अधिकारीलाई हराएका थिए । तेस्रो स्थानमा प्रशन्न दाहाल र विरेन्द्र बोहोरा रहेका थिए । पुरुषतर्फकै ४० किलो तौल समूहमा भारतका प्रत्युस सिंहले नेपालका कुस्विन आलेलाई पराजित गरेका थिए । उक्त विधामा नेपालका अंकित हुमागाईं र दिप राना मगर तेस्रो भए ।

यसैगरी, ४५ किलो तौल समूहमा भक्तपुर डोजोका सुवास परियार पहिलो हुँदा घण्टाघर डोजोका राजेन्द्र पाखरिन दोस्रो भए । नक्साल डोजोका पाल्दे स्याङवो तेस्रो हुन सफल भएका थिए । ५० किलो तौल समूहमा बौद्ध डोजोका विवेन्द्र तामाङ पहिलो भए भने सोतोकानका धन बहादुर सुनार दोस्रो भए । नक्साल डोजोका सुदिप बलामी र सोतोकानका सागर तामाङले तेस्रो स्थान हात पारे । ५५ किलो तौल समूहमा मेनडोजोका सुविन खत्री पहिलो स्थानमा रहँदा सोतोकानका विप्लव खड्काले दोस्रो स्थानमा चित्त बुझाएका थिए । सो विधातर्फ कन्चनपुरका गणेश चौधरी र निरज नाथले तेस्रो स्थान प्राप्त गरेका थिए ।त्यसैगरी ६० किलो तौल समूहमा भारतका सत्यनारायण मौर्याले पहिलो स्थान हासिल गरे । उनीसँग मेनडोजोका जुनकुमार थामी पराजित भएका थिए । कन्चनपुरका किरन चन्द र प्रकाश तिरुवा तेस्रो भए । ६७ किलो तौल समूहमा शन्देश वाँस्कोटा, बौद्ध डोजोका निमा शेर्पा तथा कन्चनपुरका पारसमणि भण्डारी र भारतका अंकित यादवले क्रमशः शीर्ष तीन स्थान हासिल गरेका थिए ।

त्यसैगरी ७५ किलो तौल समूहमा भारतका हिमांशु यादव पहिलो भए । दोस्रो स्थानमा कन्चनपुरका सुनिल कुमार दोस्रो हुँदा नक्साल डोजोका शरद प्रसाद धिताल र बझाङका प्रभात भण्डारी तेस्रो भए । ८४ किलो तौल समूहमा बौद्ध डोजोका अजय मोक्तान पहिलो भए भने नक्साल डोजोका सोनम बलामी दोस्रो भए । कन्चनपुरका कैलाश जोशी तेस्रो भए । यस्तै पुरुष एकल कातामा सोतोकानका प्रेम कुमार चन्द पहिलो भए । उनले भारतका अर्पित सिंहलाई पराजित गरेका थिए । नक्साल डोजोका दिपेश तामाङ तेस्रो स्थानमा रहे ।यसैगरी महिलातर्फ ३५ किलो तौल समूहमा बौद्ध डोजोकी श्रृजन तामाङ पहिलो स्थानमा रहिन् । उनले नक्साल डोजोकी प्रतिका कुँवरलाई पराजित गरेकी थिइन् । कन्चनपुरका प्रकृति विष्ट र पुनम भारती तेस्रो भए । ४० किलो तौल समूहमा भक्तपुर डोजोकी शरिता तामाङ पहिलो, कन्चनपुरकी अन्जली राना दोस्रो तथा कन्चनपुरकी सदीक्षा ठगुन्ना र रेणु जोशी तेस्रो भए ।

त्यसैगरी ४५ किलो तौल समूहमा भक्तपुर डोजोकी शरुशा भोजुले नक्साल डोजोकी ईशा वाइवालाई हराएर पहिलो स्थान हासिल गरिन् । ५० किलो तौल समूहमा बौद्ध डोजोकी मोनिका तामाङ पहिलो हुँदा विष्णुदेवी डोजोकी नविना डिमडोङ दोस्रो भइन् । कन्चनपुरकी अनुष्का रावल र भक्तपुर डोजोकी विभुषा तामाङ तेस्रो भए । बेलौरी कन्चनपुर तेस्रो,विभूषा तामाङ भक्तपुर तेस्रो भए ।५५ किलो तौल समूहमा नक्साल डोजोकी रमिता माझी पहिलो भइन् । दोस्रो स्थानमा विष्णुदेवी डोजोकी अस्मिता लामा भइन् भने कन्चनपुरकी कमलेश्वरी राना र बौद्ध डोजोकी निशा राई तेस्रो भए । ६१ किलो तौल समूहमा विष्णुदेवी डोजोकी कोपिला लिम्वुले पहिलो स्थान हात पारिन् । नक्साल डोजोकी दिलाशा श्रेष्ठ दोस्रो स्थानमा रहिन् । नक्साल डोजोकै छिरिङ डोल्मा शेर्पा तेस्रो स्थानमा रहेकी थिइन् । ६७ किलो तौल समूहमा विष्णुदेवी डोजोकी कला लिम्वु पहिलो हुँदा नक्साल डोजोकी रश्मिता श्रेष्ठ दोस्रो स्थानमा रहिन् ।यसैगरी ६८ किलो तौल समूहमा नक्साल डोजोकी अस्मिता प्रजा पहिलो र विष्णुदेवी डोजोकी शरिता तामाङ दोस्रो भएका थिए । करुना कुंवर र नक्साल डोजोकी प्रमिला खपाङ्गीले तेस्रो स्थानमा चित्त बुझाए । महिला एकल कातातर्फ चामुण्डा स्कुलका खुस्वु जयसवाल र कृतिका थापाले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे । नक्साल डोजोकी रश्मिता श्रेष्ठ र शुभेक्षा आले मगर तेस्रो भए ।

सम्मान

उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत कराँतेका राजेन्द्र क्षेत्री तेक्वादोका प्रशिक्षक मनोज खड्गी, सोतोकान कराँतेका निवाश गोपाल वैद्य, कराँतेका अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, कराँतेका राष्ट्रिय निर्णायक बद्री कुमार खत्री, नक्साल डोजोका संस्थापक सदस्य प्रमिला खपाङ्गी, सोमलाल बलामी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू रश्मिता श्रेष्ठ, सोनम वलामी, आकाश पाल, उमेश गुरुङ, दिलाशा श्रेष्ठलाई सम्मान–पत्र द्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्