नेपाल समाचारपत्र, काठमाडौं
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै कारोबार रकमको रेकर्ड कायम भएको छ । कुल २१५ कम्पनीको ४ करोड १८ लाख कित्ता शेयर १४ अर्ब ७६ करोड ८७ लाख रुपियाँमा कारोबार भएको थियो ।
नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २८१५ दशमलव ३९ बिन्दुमा दिन समग्र बजार पुँजीकरण ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख रुपियाँभन्दा बढी पुगेको छ । बिहीबार कारोबार भएका १३ समूहमध्ये ६ समूहको सूचकमा गिरावट आउँदा सात समूहको परिसूचक भने बढेको छ । जसमा बैंकिङ समूह ६ दशमलव ४६, होटल तथा पर्यटन १४ दशमलव ८३, अन्य २४ दशमलव शून्य २, लघुवित्त १९१ दशमलव ६९, जीवन बीमा १३६ दशमलव ३६ र लगानी समूह शून्य दशमलव ६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार समूह २८१ दशमलव ५३, विकास बैंक ११४ दशमलव ३३, जलविद्युत् १३१ दशमलव ७८, वित्त ३६ दशमलव ८१, निर्जीवन बीमा १४२ दशमलव २९, उत्पादन ३२ दशमलव ६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ८ बिन्दुले बढेको छ ।
कारोवारका आधारमा बिहीबार अपि पावर कम्पनी अग्रस्थानमा छ । सो कम्पनीको ४३ करोड २८ लाख ३४ हजार रुपियाँबराबरको कारोबार भएको छ । यस्तै, अरुण काबेली पावरको ३७ करोड ७४ लाख, चिलिमे जलविद्युत् कम्पनीको ३७ करोड तीन लाख, युनाइटेड मोदीको ३५ करोड ५४ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ५१ लाख रुपियाँको शेयर कारोबार भएको छ ।यस दिन खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । त्यस्तै, अरुण काबेली ९ दशमलव ९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।त्यस्तै समता लघुवित्त ५ दशमलव २३, मेरो माइक्रोफाइनान्स ५ दशमलव शून्य ६, एनएमबी माइक्रोफाइनान्स ४ दशमलव ८४, एनआईसी एसिया लघुवित्त ४ दशमलव ८४ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया