नेप्सेमा उच्च कारोबारको रेकर्ड


नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारमा हरेक दिन नयाँ–नयाँ रेकर्ड कायम हुँदै गएको छ । सोमबार नेपाल स्टक एक्सेचन्ज ९नेप्से० उच्च बिन्दुमा पुग्नुका साथै कारोबार रकमका आधारमा पनि नयाँ रेकर्ड कायम भएको छ । यस दिन नेप्से ३ दशमलव शून्य ७ अंकले बढेर ८२३ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । साथै १३ अर्ब १७ करोड ५३ लाख रुपियाँभन्दा बढीको कारोबार पनि हालसम्मकै उच्च हो ।

शेयर बजारमा आएको चमकसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख रुपियाँभन्दा माथि पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । बजार पुँजीकरणले देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० लाई जितेको छ । सोमबार २१६ कम्पनीको दुई करोड ७१ लाख ४० हजार कित्ता शेयर किनबेच भएका छन् । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये पाँच वटा समूह बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूहको मात्रै परिसूचक बढेको छ । बाँकी आठ समूहको सूचक ओरालो लागेको छ । १।४१ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा यस दिन एचआईडीसीएल अग्रस्थानमा रहेको छ । आइतबारमात्रै शतप्रतिशत हकप्रद शेयर बिक्रीका लागि स्वीकृति पाएको सो कम्पनीको १ अर्ब २६ करोड १९ लाख रुपियाँको शेयर कारोबार भएको थियो । यस्तै नेको इन्स्योरेन्सको ३७ करोड ३३ लाख, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख, आइएमई जनरल इन्स्योरेन्सको २५ करोड ७० लाख, सूर्य लाइफ इन्स्योरेन्सको २४ करोड ८१ लख रुपियाँको शेयर कारोबार भएको छ ।

यसैगरी सोमबार बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतले कमाएका छन् । साथै युनाइटेड इदी मर्दी हाइड्रोपावर ९ दशमलव ८९, माउन्टेन हाइड्रो ९दशमलव ८७, ग्रीन डेभलपमेन्ट बैंक ९दशमलव ४५, अरुण भ्याली हाइड्रोपावरकाकोे ७ दशमलव ५० प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त, सिन्धु विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।