सामाजिकीकरणको प्रभाव



वीणा झा

अहिले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा एउटा प्रसंगलेखूब चर्चा पाइरहेको देखिन्छ ।वैशाख ३१ गते सम्मानित राष्ट्रपतिले प्रधानमन्त्री पदको शपथग्रहण गराउने क्रममा दोहो-याउन भनिएको शब्द छुटेको र थप शब्द प्रधानमन्त्रीबाट निर्देशनात्मकरुपमा प्रयोग गरिएको भनी विभिन्न किसिमले टीका–टिप्पणी गरिँदै छ । पदीय गरिमा, राजनीतिक संस्कार र शब्दप्रतिको संवेदनशीलताबीच तालमेल भयो कि भएन, त्यो एउटा विषय हो । अर्को महत्वपूर्ण विषययो पनि हुनसक्छ कि यदि सम्माननीय राष्ट्रपतिको स्थानमा उभिएको व्यक्ति पुरुषभएको भएयो सम्पूर्ण परिदृश्य यस्तै हुन्थ्यो त ? अथवा यदि दृश्य उल्टा भएको भए याने सम्मानित प्रधानमन्त्रीको रुपमा कुनै महिला व्यक्ति भएको भएचाहिँ?

पितृसत्तात्मक समाजमा स्थापित सामाजिकीकरणको मूल्य, मान्यता र प्रक्रिया यसरी निर्मितहुन्छ कि महिलाको सोच, क्षमता र निर्देशन सहजै स्वीकारिन कठिन पर्छ । अर्थात् कुनै पदसँग जोडिएर आउने प्रभाव महिलाको हकमा पुरुषसमान हुँदैन । जस्तोकि स्थानीय तहमा निर्वाचित महिलाहरुले समान पदमा स्थापित पुरुष र अन्य सम्बन्धित व्यक्ति एवं निकायबाट पाउने गरेका विभेदपूर्ण व्यवहारहरुलाई हेर्न सकिन्छ ।त्यसैगरीसमान पदमा आसीनमहिला र पुरुषका बीच तुलनात्मकरुपमा हेर्ने हो भने विभिन्न दृश्य र अदृश्य असमानताहरु भएको हामी पाउँछौं । यसलाई व्यवहारगतः असमानता भनीव्याख्या गरिएको भेटिन्छ । यसको पछाडि सशक्त महिला, नेतृत्व क्षमता र कार्यकुशलताको भूमिका त महत्वपूर्ण हुन्छ नै, तर सँगसँगैसमाजमा स्थापित सोच पनि कम जिम्मेवार हुँदैन । जसले पुरुष जन्मिनासाथ क्षमतावान्, नेतृत्व लिन सक्ने र महिलालाई निर्देश गर्न सक्ने भनी बुझाई स्थापित गरिएको हुन्छ भने महिलालाई स्वतन्त्ररुपमा निर्णय लिन उत्साहित होइन, हतोत्साहित गरिने गरिन्छ ।अवसरमार्फत प्राप्त हुने क्षमतालाई प्राकृतिकरुपमै जन्मसँगै आउने क्षमताको रुपमा बुझ्ने र बुझाउने गरिन्छ ।यसैको परिणाम हो विभिन्न जिम्मेवार पदमा महिला पुग्न नपाउनु, पुगिहाले पनि नरुचाइनु, प्रभावकारी भूमिका खेल्न आवश्यक टिम सहयोग पाउन नसक्नु, मिडियाका विभिन्न माध्यमहरुमार्फत तिनका सशक्त विचारहरु पढ्न र सुन्न नपाउनु । किनकि समाजमा स्थापित गरिएको असल महिलाको चित्र यी भूमिकाहरुमा फिट हुँदैन र महिलाप्रतिको स्थापित दृष्टिकोणमा परिमार्जन गर्न पितृसत्ताले सहज स्वीकृति दिँदैन ।

हाम्रो सामाजिकीकरणको प्रभाव हामी सबैमा हुन्छ । कतिले अध्ययनलगायत अन्य विभिन्न स्रोतहरुको सहाराले आफ्नो बुझाइहरुको परिधिलाई बढाउन सफल हुन्छन् त कति आफ्नो अपुरो बुझाइमै अडिग रही अमूल्य जीवन गुमाइदिन्छन् । कतिपय सन्दर्भमा भेटिने अनेक यस्ता उदाहरणहरु छन्, जहाँ घरबाहिर महिला समानताका अनेक महत्वपूर्ण प्रशिक्षण सञ्चालन गर्ने स्वयं घरभित्र पुग्दा ती सबै कुरा बिर्सिएर पुनः आफ्नो पहिलाकै सोचमा कायम रहेका हुन्छन् ।सामाजिक संरचना र त्यसका इकाइबीच गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ । समाजरुपान्तरणमा दुवैको अहं भूमिका हुन्छ । किनकि सोचमा परिवर्तन नआई अग्रगामी विचार निर्माण हुँदैन र विचारको जन्मविना कार्यशैलीमा कुनै परिवर्तन आउन सक्दैन ।गतवर्षदेखि नै कोरोनाको पीडामा पिल्सिएका विभिन्न व्यवसाय र त्यसमा आबद्ध कर्मचारीहरुको अवस्था नियाल्दा देखिने चित्रमा पनि सामाजिकीकरणको प्रभाव स्पस्ट झल्किन्छ । विभिन्न कलेजहरुमा अध्यापन पेसामा आबद्ध धेरैजसो महिला लेक्चररहरु बेरोजगार बने । कारण थियो कलेजका उच्च तहका व्यवस्थापन पक्षको महिलाप्रतिको बुझाइ । जस्तो कि अनलाइन क्लासमा महिलाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैनन्, विभिन्न सेक्सनहरु मर्ज गरी क्लास लिँदा पुरुषलाई प्राथमिकता दिनुपर्छ, किनकि उसले घर चलाउने हो, महिलामाथि उसको परिवार आर्थिकरुपले निर्भर हुँदैन । यस्ता अनेक तर्क दिएर असमानता झलकाएको देखिन्छ ।

हुनत यस्ता बुझाइहरु कुनै ठोस अध्ययन, अनुसन्धानभन्दा पनि परम्परागतरुपमा निरन्तरता पाइरहेकोपितृसत्तात्मक सोचबाट निर्देशितसामाजिकीकरणले निर्माण गरेको महिलाप्रतिको सोच हो । जुन अनुमानको आधारमा टिकेको हुन्छ । महिला कस्तो हुनुपर्छदेखि लिएर उसले के सोच्छ र के गर्दा उसको हित हुन्छ, सबैमा अनुमानलाई नै मुख्य आधार बनाएर राखेको भेटिन्छ ।अहिलेको युवा पुस्ताका सोचमा केही हदसम्मपरिवर्तनहरु देखिँदै छ । त्यसको आधार तिनले पाएको सामाजिकीकरण नै हो । जहाँ तिनले बाल्यकालदेखि नै थोरै भए पनि महिलालाईविभिन्न भूमिकामादेखे, साथै विश्वव्यापीकरण र प्रविधिको विकाससँगै ज्ञानको परिधि बढाउने विभिन्न स्रोत–साधनहरु भेटे, जसले गर्दा महिलाका स्वतन्त्र अस्तित्वलाई स्वीकार्न प्रयास गर्न थालेको देखिन्छ । तर यो संख्यासन्तोषजनक छैन अर्थात् ज्यादै न्यून छ ।अब फेरि जोडौं शपथग्रहणकै प्रसंग, जबसम्माननीय प्रधानमन्त्रीले शपथ लिने क्रममा ‘त्यो पर्दैन’ भने, तत्क्षण नै राष्ट्रपतिले यसमा उल्लिखित हरेक शब्द अपरिवर्तनीय हुन्छ, त्यसैले जस्ताको त्यस्तै दोहो-याउनुपर्छ भनेर किन भन्न सकिनन्? अथवा त्यस्तो भनेको भए शायदटीका–टिप्पणीका परिदृश्यहरु फरक हुन्थे होला,परिस्थितिले अर्कै स्वरूप धारण गर्न सक्ने सम्भावना पनि हुनसक्थ्यो ।

आकलझुकल नै भए पनि विभिन्न उच्च पदमा पुगेका महिलाहरुसँग दुईवटा चुनौती हरहमेसा रहेको हुन्छ । एउटा आफू त्यो पदको लागि योग्य छु भनी निरन्तर प्रमाणहरु दिइरहनुपर्ने र अर्को चारित्रिक लाञ्छनाहरुको सामना गरिरहनुपर्ने । विशेष गरी राजनीतिक क्षेत्रमा यो अवस्था डरलाग्दो छ । त्यसै गरी राज्यका विभिन्न महत्वपूर्ण स्थानहरुमा गरिने नियुक्तिहरुका स्पस्ट आधार र तिनको परिपालन नगरिने परम्पराले गर्दा कतिपय सक्षम महिलासमेत निरुत्साहित हुने अवस्थाहरु पनि देखिन्छ ।हुन त समाजमा विद्यमानउदाहरणहरु नियाल्दा क्षमतावान् महिलाको भन्दा शक्तिवान् पुरुषसँगको नाता–सम्बन्धको आधारमा चयन गरिने उदाहरणहरु प्रशस्त भएर पनि होला, यस्तो सोचले निरन्तरता पाइरहेको छ । त्यसै गरी पदीय गरिमा र आवश्यक निर्णायक भूमिकाको लागिचाहिने क्षमताको विकास महिला स्वयंले गर्नु सहज त छैन तर त्यसको कुनै अर्कोविकल्प छैन ।चाहे त्यो युद्धको प्रसंग होस् वा सम्मानको खोजीको विषय, इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न समयमा पुरुष अहंका कारण समाजले अनेक समस्याहरुको सामना गर्नुपरेका अनेक उदाहरणहरु भेटिन्छन् । पितृसत्तात्मक समाजको सामाजिकीकरण प्रक्रियामा पुरुषलाई इख पाल्न सिकाइदिन्छ, जसको लागि उसको व्यक्तिगत जीवन मात्रै होइन समाजले समेत अनेक नोक्सानी बेहोर्नुपर्छ । हामीकहाँ देखिएका पछिल्ला उदाहरणहरु– विश्वव्यापी कोरोना महामारीको बीचमा ‘हामी यहाँ छौं’ को जवाफ ‘हामी त्यहाँ छौं’ बाट दिनु, त्यसै गरी सम्मानमा कमी आएको भन्दै सर्वसाधारण नागरिकको जीवनप्रति असंवेदनशीलता देखाउँदै विभिन्न कार्यक्रमहरु निरन्तर गरिराख्नु मेल इगोका केही उदाहरणहरु हुन् ।

राजनीतिक र वैचारिक आदर्शका जति नै कुरा गरिएपनि गुढ़ कुरा भनेको सत्तालिप्सा र शक्तिमोह नै रहेछभनेर पच्छिल्लो राजनीतिक वितण्डाले सर्वसाधारण नागरिकलाई राम्रोसँग बुझाइसक्यो । अहिलेको विषम परिस्थितिमा भएको एउटा राम्रो उपलब्धिभनेकोविद्यमान राजनीतिक नेतृत्वहरु चाहे सत्ता पक्षकाहुन् वा प्रतिपक्षी अथवा विभिन्न गुटबन्दीमा रमाएकाहरु नै किन नहुन्, धेरैजसोको चित्र र चरित्र छर्लंग भयो । हरेक वाक्यमा नेपाल र नेपाली प्रयोग गरे पनि वास्तवमा सर्वसाधारण नेपाली नागरिक तिनका लागि कुन नम्बरको प्राथमिकतामा पर्छन् भनी तिनका कार्य र व्यवहारबाट स्पस्ट भयो ।

अब हेर्नु यो छ कि जुन सहजता र सरलताका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कोभिड–१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकार गर्दैआफूले गरेको अनुमानभन्दा कोरोनाको संक्रमण ठूलो रहेको भनी अभिव्यक्ति दिए । त्यसै गरी यो शपथग्रहणको प्रसंगलाई पनि सरलरुपमा सर्वसाधारणलाई बुझ्ने गरी स्पस्ट पार्छन् अथवा कोरोना कहरबीच पुनः थप सकस सिर्जना भइरहन दिन्छन् । साथै कोरोना महामारी मत्थर भएलगत्तै समयसापेक्ष समाजका आवश्यकता पहिचान र अवसर निर्माणका लागि अहिलेदेखि नै केही खाका कोर्दै पूर्वतयारी गर्दैछन् वा जसो पर्ला त्यसो टर्ला भनी विगतकै सामाजिकीकरण प्रक्रियाको निरन्तरता हुन्छ, त्यो हेर्न बाँकी छ ।

(लेखक झा समाजशास्त्री हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्