कोरोना संक्रमितको शव ब्यवस्थापनमा कास्केली युवाको सह्रानीय काम



काठमाडौ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा समस्या देखिएको बेला कास्कीका एक युवा ब्यवसायीले भने उदाहरणीय काम गरेका छन । सरकारको एक्लो प्रयासले मात्र यो समस्या समाधान नहुने देखिएपछि आफु अहिले शव ब्यवस्थापनमा लागेको कास्की पोखराका सुजन गुरुङले बताए ।
उनले कोरोना संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सहयोग गर्दै आएका छन भने शव बहानको अभाव भइरहेको बेला आफुले प्रयोग गर्दै आएको नीजि सवारी साधनलाई कोभिड संक्रमितको शव ब्यवस्थापनकालागि हस्तान्तरण गरेका छन ।
उनले उक्त सवारी कोरोना संक्रमण निन्त्रण नभएसम्मकालागि आफुले सरकारी निकायलाई दिएको बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्