माधव सहित चार नेतामाथिको कारबाही फुकुवा



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा–एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।

बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेता नेपाल सहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

सो कारबाही आजको बैठकले फुकुवा गरेको स्थायी समिति सदस्य विष्णु रिमालले बताए।नेपाल पक्षले राजीनामा दिने तयारी गरेपछि  केपी ओलीले यस्तो निर्णय गरेका हुन । पार्टी एकतालाई बचाइ राख्न नेताहरुमाथि कारवाही फुकुवा गर्ने प्रस्ताव ओलीले आजको बैठकमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्