कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने



न्युज अफ नेपाल ,काठमाडौं ।

अविश्वासको प्रस्ताव पेस भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

आज बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एमालेले विश्वासको मत असफल बनाउन र माओवादीले विश्वासको मतमा बहुमत जुटाउन नेपाली कांग्रेसको साथ खोजेको छ।

३९ सदस्यीय कर्णाली प्रदेशमा नेकपा एमालेको एक सभामुखसहित २० सांसद रहेका छन् । यस्तै माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ । मुख्यमन्त्रीलाई अहिले मोटामोटी १९ जना सांसदको समर्थन रहने देखिन्छ। तर माओवादीले एमालेको असन्तुष्ट समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्