नक्कली डाक्टर बनेर सिफारिस गर्ने पक्राउ


काठमाडौं, (नेस) ।

नक्कली डाक्टर बनेर सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ घर भएका जितेन्द्र पन्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रक्रिया रहेकोमा गत असोज ६ गते डा. कृष्ण रिजालको निबेदन फारममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिस्ट्रेशन नम्बर २३६४ लेखी सहिछाप गरेका थिए ।

त्यसपछि कीर्ते गरेको शंका लागी अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नगरी सहिछाप गरेको खुल्न आएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनीउपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।