अपराध नियन्त्रण गर्न ‘साइरन’



नेपाल समाचारपत्र, बाँके ।

चोर पस्यो, आगलागी भयो वा कुनै आपराधिक घटना भयो भने बुद्धनगरका ३५ घरले एकैपटक थाहा पाउने भएका छन् । किनकि, उनीहरुले आफ्नै खर्चमा टोलमा कम्युनिटी सेक्युरिटी साइरन एन्ड सीसीटिभी जडान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१८ मा पर्ने बुद्धनगर टोलमा जडान गरिएको ‘साइरन’ जिल्लामै पहिलो हो ।

नेपालगन्जमा लागूऔषध दुव्र्यसन र चोरीका घटना अधिक छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा वर्षमा विभिन्न अपराधका ११ सय बढी मुद्दा दर्ता हुन्छन् । मुद्दा दर्ता वर्षेनी बढ्दो नै छ । ११ सय मुद्दामा ६० प्रतिशत अपराध लागूऔषधीका कारण भएका छन् ।माघ २ गते वडा नं। १८ मै राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापाको हत्या भयो । लागूऔषध सेवन गरेर बसेका युवाले थापाको हत्या गरेका थिए । सात जना पक्राउ परिसकेका छन् ।बुद्धनगरमा जडान गरिएको साइरनले यस्ता अपराधी टोलमा प्रवेश गर्दा प्रहरीलाई सूचना दिने विश्वास गरिएको छ । टोल सुधार समितिका सल्लाहकार पूर्वप्रहरी निरीक्षक धर्मेन्द्र शाहले टोलमा आपत्विपत् पर्दा टोलवासी र प्रहरीलाई सूचना दिन साइरन जडान गरिएको बताउनुभयो ।

टोलको ३५ घरमा साइरन जडान गरिएको छ । एउटा घरमा दुई वटा मोबाइलमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । एक-एक मोबाइलमा सूचना दिने बनाउँदा थप ३५ घर जोड्न सकिन्छ । शाहले अरूलाई जोड्दै जाने बताउनुभयो ।कम्युनिटी सेक्युरिटी साइरन एन्ड सीसीटिभीको आइतबार नेपालगन्जका कार्यवाहक मेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, एसपी ओमबहादुर रानाले उद्घाटन गर्नुभयो । कार्यवाहक मेयर थापामगर र प्रजिअ कुरुम्बाङले समाजमा हुने अपराध न्यूनीकरणमा साइरनले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

एसपी रानाले जिल्लामा वर्षमा ११ सयवटा मुद्दा दर्ता हुने जानकारी दिँदै टोल–टोलमा यस्ता साइरन जडान गर्न सकेमा त्यो संख्या घट्ने विश्वास व्यक्त गर्नुभयो । ‘समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई स्थानीयबासीले साथ दिनुपर्छ’, एसपी रानाले भन्नुभयो– ‘टोलबासीले गरेको साइरन जडानले अपराध नियन्त्रणमा सघाउ पु¥याउँछ ।’२०६० सालदेखि नेपालमा कम्युनिटी सेक्युरिटी साइरन गर्न शुरु गरिएको मानिन्छ । राम–लक्षणले साइरनको विकास गरेका हुन् । अहिले देशका धेरै ठाउँमा यस प्रकारको साइरन जडान गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्