पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप



bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

नेपाल समाचारपत्र, काठमाडौं ।

भारत सरकारले १० लाख डोज खोप सहयोगस्वरुप हस्तान्तरण गरेकै दिन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फ्रन्टलाइनमा खटिनेलाई कोरोनाविरुद्धको खोप लगाउने बताउनुभएको थियो । उहाँले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीका साथै सञ्चारकर्मी पनि फ्रन्टलाइनमा खटिने भएकाले पहिलो चरणमा यिनै व्यक्तिहरुले कोरोनाविरुद्धको खोप पाउने बताउनुभएअनुरुप आज सोमबारबाट पत्रकारहरुले पनि खोप पाउने भएका छन् ।

पहिलो चरणको खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइ कर्मचारीका साथ फ्रन्टलाइनमा खटिने व्यक्तिलाई लगाउने सरकारको निर्णयअनुसार शनिबार ११ दिनसम्म २ सय १ खोप केन्द्रबाट स्वास्थ्यकर्मीलाई दिइसकेसँगै सोमबारदेखि कूटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई पनि दिने निर्णय भएको छ ।सोमबारदेखि कूटनीतिक नियोगका विदेशी कर्मचारी, तिनका आफन्त, त्यहीं कार्यरत नेपाली कमर्चारी र पत्रकारलाई काठमाडौंका चारवटा अस्पतालबाट खोप लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।

खोप लिनका लागि कूटनीतिक नियोगका कर्मचारी र पत्रकारहरुका लागि शहीद गंगालाल हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताललाई खोप केन्द्र तोकिएको छ । खोप लिनका लागि कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा खोप लगाइनेछ भने पत्रकारहरुको सूचना विभागको प्रेस पास र परिचयका आधारमा लगाइने निर्णय भएको डा. गौतमले जानकारी दिनुभयो ।पत्रकार पनि फ्रन्टलाइनमा रहेर जोखिम मोल्दै कोरोना संक्रमणका समयमा समाचार संकलन र सम्प्रेषणमा खटिएकै कारण सरकारले पहिलो प्राथमिकतामा राखेको डा. गौतमले बताउनुभयो ।

भारत सरकारले उपहारस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप ४ लाख ३० हजार जना फ्रन्टलाइनरलाई दिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री त्रिपाठीको कूटनीतिक निकायसँगको समन्वयात्मक तरिका मिलेकै कारण नेपालका लागि खोप भिœयाउने र लगाउने कार्यमा सक्रियता बढेको छ ।चीन सरकारले पनि नेपाल सरकारलाई ५ लाख डोज खोप केही दिनमै उपहारस्वरुप प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसै गरी, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले साढे २२ लाख डोज खोप पाउने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्