एन्फा महासचिवलाई मातृ शोक



नेपाल समाचारपत्र, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई मातृशोक परेको छ । महासचिव तुलाधरकी आमा हिराशोभा तुलाधरको बुधबार राति १२ बजे आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको तुलाधरले जानकारी गरे ।

स्व. तुलाधरलाई मुटुको समस्या रहेको महासचिव तुलाधरले बताए । उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार बिहीबार टेकु दोभानमा दाहसंस्कार गरिएको छ । स्वर्गीय तुलाधरका ५ छोरा र ३ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्