नेप्सेमा गिरावट



काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक) बुधबार भने ६ दशमलव ८१ अंकले घटेर २४६६ दशमलव ९२ बिन्दुमा झरेको छ।

यस दिन २०२ वटा कम्पनीको २ करोड २० लाखभन्दा केही बढी कित्ता शेयर ९ अर्ब ५३ करोड १७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।कारोबारमा भएका १२ वटा समूहमध्ये ४ वटा समूहमात्रै बढेका छन् भने बाँकी ८ समूहको परिसूचक घटेको छ । बुधबार कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। जसमा स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै उन्नति लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र महुली सामुदायिक लघुवित्तको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ। यस दिन कारोबारमा आएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५८ वटा मात्रै कम्पनीको शेयरमूल्य बढेको छ। साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।त्यस्तै पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावरका कम्पनीको शेयर मूल्य घटेको छ। बुधबारको कारोबारमा ग्लोबल आईएमई बैंकको सबैभन्दा अगाडि छ ।

सो बैंकको ६० करोड ८० लाख रुपियाँ शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण कावेली पावरको ३४ करोड ६० लाख, नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड रुपिया“को शेयर किनबेच भई कारोबार रकमका आधारमा अग्रस्थानमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्