पाँच वर्षदेखि घर खोज्दै पार्वती



न्युज अफ नेपाल, धादिङ ।

परिवारबाट बिछोडिनु भएकी सिन्धुपाल्चोक घर बताउने ३५ वर्षीया पार्वती माझी अहिले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोषमा बस्दै आउनु भएको छ ।

भुकम्पपछि मानसिकसमस्याभोग्दै आउनुभएका माझी घरबाट हराएर ४ वर्षअघि धादिङको सडकमा आउनुभएको थियो । धादिङबेसी बजारमा देखिँदा पार्वती माझी फोहोरको थुप्रोसुत्ने, जथाभावी हिड्नेर फोहोर टिपेरखाने अवस्थामा हुनुहुन्थ्यो ।

बजारको चोक र चौतारोमा रात बिताउने पार्वती माझीलाई पुछारबजारमा होटल व्यवसाय गर्दै आउनु भएका कालीमायाँ श्रेष्ठले आफैँले पालेर राख्नुभयो ।

घरमा बन नमान्दा होटलको प्यासेजमा खाट ल्याएर राखेर औषधी उपचार गराउनु भयो। हालसम्म पनि घरको वास्तविक ठेगाना बताउन नसक्ने भएकोले पारिवारको खोजी गर्न सकिएन । होटल छाडेर एउटा घरभाडामा बस्दा पनि आफूँसंगै राखि आएकोले आफूलाई समस्या परेको भएपनि समाधान नभएको संरक्षणकर्ता श्रेष्ठले बताउनु भएको छ ।

पहिले एकोहोरो टोलाउने, आफू कताबाट कसरी आएको बताउन नसक्ने अवस्थामा आइपुगेकी पार्वतीलाई औषधी उपचार समेत गर्दै आएपछि अहिले लाए अराएको काम गर्ने अवस्थामा हुनुहुन्छ । नियमित औषधी सेवनले ठिक हुनुभएका पार्वती माझी अब घर जान चाहनुहुन्छ । तरउहाँको घर ठेगानार आफन्तबारे अझै जानकारी राख्न सक्नु भएकोछैन ।

समाजका मानिसले नराम्रो दृष्ट्रिले हेरेपनि एक जना मानिसलाई बचाउन सकिएकोमा उहाँ खुसी त हुनुहुन्छ तर सधैँ आश्रय दिएर राख्न नसक्ने अवस्था आएको बताउनुहुन्छ ।परिवारर आफन्तलेयति धेरैसमय किन नखोजेको भन्ने चिन्तासंगै मानविय धर्म गर्दा गर्दै पनि परिवारखोज्न नेपाली नागरिकहरुलाई कालिमायाँ श्रेष्ठ आग्रह गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्