हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त



काठमाडाैँ ।

हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएसँगै ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । यहि कात्तिक १० गते कोरोना पोजेटिभ देखिएका गजुरेल सशस्त्र प्रहरीका बलम्बुमा रहेका अस्पतालमा उपचाररत थिए ।

आज गजुरेलले आफु कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

कोरोना देखिएपछि सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्