भारत सरकारद्धारा नेपाल सरकारलाई भेन्टिलेटर हस्तान्तरण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणका कारण भेन्टीलेटर र आईसियु नपाएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लेखापालको आफै कार्यरत अस्पतालमा समेत भेन्टिलेटर छैन भनी भीआईपीका लागि भन्दै आईसीयु र भेन्टिलेटर २ वटा राखेको अवस्थामा दुखद मृत्यु भएको थियो ।

यतिबेला नेपाल सरकारले समेत जनस्वास्थ्य माथी खासै ध्यान नदिएको अवस्थामा भारत सरकारले नेपाललाइ २८ वटा भेन्टिलेटर प्रदान गरेकोछ । आइतबार भारतीय राजदुत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

भेन्टिलेटर हस्तान्तरणका क्रममा राजदूत क्वात्राले विश्व व्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपाल र भारत पनि उत्तिकै चपेटामा रहेको र महामारीका बेला एक देशले अर्को देशलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्दै भेन्टिलेटर हस्तान्तरण गरिएको बताउँनुभयो । सोही अवसरमा स्वास्थ्यमन्त्री ढकालले धन्यवाद ज्ञापन गर्नुभयो ।