स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभक्त ढकालले दिनुभएको जनाकारी अनुसार ८ जनाको प्रतिस्पर्धाबाट डा.बसौला छानिनुभएको हो ।

कार्यकारी निर्देशक छनोट समितिमा लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्य छनोट समिति रहेको थियो । छनोट समितिले डा. बसौलाको नाम एक नम्बरमा सिफारिस गरेको थियो भने दुई र तीनमा क्रमशः डा. कृष्ण अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

डा. बसौलाको नियुक्तीपत्र प्रमाणिकरण भै आइतबार स्वास्थ्य मन्त्रालय पुगेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।