खबरदार पार्टी फुटाउनु हुँदैन : कम्युनिष्ट नेता अधिकारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालका कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले नेकपा दुई अध्यक्षले पार्टी फुटाउन नहुने धारणा राख्नुभएको छ । उहाले दुःखले बनाएको पार्टी फुटाएर राजनीति गर्नु बेइमान हुने बताउनुभएको छ । तपाईले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मेरो तर्फबाट यो सन्देश सुनाई दिनुस कि पार्टी फुटे नेपालमा खतरा हुनेछ ।

उहाले दुई अध्यक्षलाई खबरदारी गर्न समेत शहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आग्रह गर्नुभयो । अधिकारीको पुरानो नैकाप स्थित स्थित निवासमा भेट्न पुग्नुभएका मन्त्री श्रेष्ठलाई दुई पार्टीलाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो । तपाईलाई कम्युनिष्ट पार्टीको बारेमा जानकारी छ , मैले यो वा त्यो भनिरहनुपर्दै म यहालाई यो आग्रह गर्न चाहन्छु की यस्तो अवस्थामा पार्टी फुट्नु हुदैन । उहाले भन्नुभयो– दुई अध्यक्ष मिलेर जानुको विकल्प छैन पार्टी फुटाउने घृष्टता कसैले नगरोस ।

गफको भरमा पार्टी बनेको होइन, ठुलो मेहेनत र कसरतको साथ दुई पार्टी एक भएर नेकपा बनेको हो, त्यसैले यस्तो विषम परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाए र लैजानुको विकल्प छैन । मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाई सुनेपछि आफुले यो विषयमा गम्भीर भएको बताउनुभयो ।

भन्नुभयो–फुटेर कसैको हित हुदैन मिलेर अघि बढ्नुको विकल्प छैन । नेपालका नेशनल मण्डेलाको रुपमा परिचय बनाइसक्नुभएका पुराना नेता अधिकारीको स्वाथ्य अवस्थाबारे जानकारी लिन निवास पुग्नुभएको थियो ।