बंगलादेशमा तेश्रोलिंगीका लागि पहिलो बिद्यालय खुल्यो


ढाका,(एजेन्सी)

ढाकामा तेश्रोलिंगीहरुका लागि बंगलादेशको पहिलो धार्मिक बिद्यालय खुलेको छ । राजधानीमा निजी आर्थिक सहयोगमा खुलेको यस मदरसामा १ सय ५० जना भन्दा बढि बिद्यार्थीले इस्लामिक तथा अन्य व्यावसायिक विषयहरुके निशुल्क अध्यापन हुने भएको छ ।

समुदायमा तेश्रोलिंगीको नामले चिनिने यिनीहरुलाई बंगलादेशमा अहिले औपचारिक मान्यता र हक हितको व्यवस्था गरिएको छ । तिनीहरुलाई पनि मताधिकार र चुनाव लड्ने अधिकार सरकारले प्रदान गरेको छ । तर रुढिवादी सामाजिक विचारधाराका कारण अझै पनि उनीहरुका लागि रोजगार र शिक्षा हासिल गर्नु कठिन भइरहेको छ ।

केहि तेस्रोलिंगीहरु शहर गएर विवाह तथा जन्मोत्सवमा नचगान गरेर , मागेर वा यौन व्यापारमा लागेर जीवन यापन गर्ने गर्दछन् । सरकारी तथ्यांक अनुसार बंगलादेशमा करिव १० हजार जना तेस्रोलिंगीहरु छन् । तर अन्य सुत्र अनुसार यो संख्या ५० हजार भन्दा बढि रहेको छ । यस्ता अधिकांश तेस्रोलिंगीहरु महिलाको भेषभुषामा महिलाकै नक्कल गर्ने गर्दछन् ।

ढाकको कामरानगिर्चार क्षेत्रको लोहार ब्रिज नजिक स्थापित दावातुल कुरान तेश्रोलिंगी मदरसाको उद्घाटन समारोहमा बिद्यालयका शिक्षक तथा कर्मचारी , स्थानिय काउन्सिलरहरु र तेस्रोलिंगी समुदायका नेताहरुके उपस्थिती रहेको थियो ।

तीन तल्ले भवनमा संचालित सो बिद्यालयमा शनिवार देखि नै पढाई शुरु गरिएको छ । हिंजडा समुदायलाई शिक्षित बनाउन चाहने बंगलादेशी व्यापारी स्वर्गिय अहमद फेर्दोस बारी चौधरीले छाडेको पैसले संचालित एक प्रतिष्ठानले यस मदरसाका लागि लगानी गरेको छ ।