ट्रम्प जित्ने र पाँच बर्षमा पृथ्वी ध्वस्त हुने भविष्यवाणी


वासिंगटन (एजेन्सी)

अमेरिकाका चर्चित टीभी पन्डित प्याट रोबर्टसनले अर्को महिना हुन अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार अर्थात राष्ट्रपति डोनाल्ड ट्रम्पले नै जित्ने भविष्यवाणी गरेका छन् । उनले पाँच बर्षपछि एक छुद्रग्रहको ठोक्काइका कारण पृथ्वी नै ध्वस्त हुने भविष्यवाणी पनि गरेका छन् ।

९० बर्षका प्याटले ट्रम्पले चुनाव जित्नेमा कुनै आशंका नरहेको यद्यपी जनताले फेरी पनि घरबाट निस्केर भोट दिनु पर्ने बताए । उनको यो दावी अहिलेसम्म देखिएको मत सर्वेक्षणको नतिजा भन्दा फरक छ, जसमा डेमोक्र्याटिक उम्मेदवार बाइडेन अगाडी देखिएका छन् । चुनावपछि हिँसा हुने पनि प्याटले बताए ।

यति मात्रै होइन ट्रम्पलाई मार्न दुई पटक सम्म प्रयास हुने समेत उनले भविष्यवाणी गरेका छन् । उनको भविष्यवाणीमा अर्को डरलाग्दो कुरा भनेको आगामी पाँच बर्षसम्म पृथ्वीमा शान्ति रहने र तयसपछि एक छुद्रग्रह पृथ्वीसँग ठोक्किने र धर्ती समाप्त हुने छ । उनका दावी अनुसार मानवले कुनै परमाणु युद्धबाट पृथ्वी ध्वस्त पार्ने छैन । यसअघि पनि प्याटले तीन पटक विश्व ध्वस्त हुने भविष्यवाणी गरिसकेका छन् ।