पूर्वराजा शाहद्वारा राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् । उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको छ । साथै, दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना’ पूर्वराजाद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्