ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती, ४५ दिनभित्र जडान हुने



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले महानगरको मुख्य सडकमा स्मार्ट बत्ती जडान गर्न सुरु गरेको छ ।

महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान गर्न लागेको हो । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तह हो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागेको हो । प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल९ इनार ०,पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुने बताए । उनले भने ,‘ यो बत्ती सोलार बत्ती भन्दा निकै प्रभावकारी हुनेछ ।

ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याट सहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाको लगानीमा जडान हुन लागेको स्मार्ट सडक बत्ती परियोजनाकोे कन्ट्रयाक्टर क्रम्टन महावीर जेभी रहेको छ । जडान हुने बत्तीहरु क्रम्टन कम्पनीको उत्पादन हुनेछन् ।

यसका साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्धारा महानगरपाकिाका प्राविधिक कर्मचारीाई ट्रेनिङको व्यवस्था समेत हुनेछ । यस परियोजनाको सम्झौता २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुनेछ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ०)बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी महानगरले जनाएको छ ।

यसका साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । यस परियोजनाको सम्झौता एक वर्ष अघि भएको थियो । काम सुरु भएको मितिले यो परियोजना एक महिनाभित्र सम्पन्न महानगरले जनाएको छ । महानगरले पहिलो चरणको काम सकिए लगत्तै दोस्रो चरणमा बुङमती, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धीमा पनि यो बत्ती जडान गरिनेछ ।

कार्यक्रममा महानगरकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला तथा वडा अध्यक्षहरु तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्