यौन दुब्र्यबहारको आरोपमा पक्राउ


पर्वत(नेस) ।

१५ बर्षीया बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिकाबाट एकजना पक्राउ परेका छन । बिहादी गाउँपालिका१ बाच्छाका ३८ बर्षीय गोपालबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त क्षेत्रीले सोही ठाउँकी १५ बर्षीया बालिकालाई असार ३१ गते राती करणी गर्ने आसयले दुब्र्यबहार गरेको आरोप लागेको छ । क्षेत्रीलाई इलाका प्रहरी कार्यालय हुवासबाट पुगेको प्रहरी टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको छ ।

पिडीत बालिकाकी आमाले प्रहरीमा लिखित उजुरी समेत दिएकाले जिल्ला अदालतबाट म्याद थप गरेर आरोपित क्षेत्रीका बिरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।