मुख्यमन्त्रीद्धारा बाढीपहिरोको क्षतिबारे निरीक्षण


लमजुङ, (नेस)

लमजुङमा बाढीपहिरोले पु¥याएको क्षतिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ । बुधबार गुरुङसहितको टोलीले बेसीशहर नगरपालिका–७ पुमाखोलामा आएको बाढीपहिरो र मध्यनेपाल नगरपालिकाको बाढीपहिरोको निरीक्षण गरेको हो ।

सरकारले बस्ती बसाल्न स्पष्ट मापदण्ड र घर निर्माणको आचारसंहिता लागू गर्न नसक्दा विपद्का घटनाबाट क्षति बेहोर्नुपरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । गण्डकी प्रदेश सरकारले बाढीपहिरोबाट पु¥याएको क्षतिबारे तथ्यांक संकलन गरिरहेको र सबै तथ्यांक प्राप्त भएपछि राहत दिने योजना बनाएको उहाँले बताउनुभयो ।

बाढीपहिरोका कारण शहरि क्षेत्रमा मात्र नभएर गाउँगाउँमा पनि क्षति भएकाले बस्ती बसाल्दा, कस्तो ठाउँमा, कस्तो घर बनाउने भनेर मापदण्ड अनुसारको नक्सा पास गराएर मात्र घर बनाउने स्वीकृति सम्बन्धित निकायले दिनुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्रीले विपद्का कारण मृत्यु भएकालाई समवेदना प्रकट गर्दै, विपद्को समय एकजुट भएर उद्दारमा लाग्न र सचेत रहन अनुरोध गर्नुभएको छ ।