प्याब्सन र एन प्याब्सनको चेतावनी

ऐक्यबद्धता जाहेर नगर्ने विद्यालयलाई व्यावसायिक बहिष्कार


नेपाल समाचारपत्र, काठमाडौं

दुई निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सलने देशभरका करिब दुई दर्जन गुठी, सहकारी र विभागीय विद्यालयलाई पत्र पठाएर अनलाईन कक्षा बन्द गर्ने विषयमा ऐक्यवद्धता जनाउन पत्राचार गरेको छ ।

दुई संगठनले बिहीबार ती विद्यालयलाई पत्राचार गरी दुई संगठनले गरेको अपिललाई अटेर गरे व्यवसायीक वहिष्कार गर्ने चेतावनी दिएको छ । ‘हामीले सरकारविरुद्ध कुनै किसिमको आन्दोलन गरेका होइनौ, आर्थिक रुपमा चरम संकट परेपछि सबै प्रकारका विद्यालयलाई ऐक्यवद्धता जाहेर गर्न आग्रह गरेका हौं’ –प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले भन्नुभयो ।

उहाँले जावलाखेलको सेन्ट जेभियर्स, सेन्ट मेरिज, बुढानिलकण्ठ, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका विद्यालय, शैक्षिक गुठीबाट सञ्चालित सिद्धार्थ बनस्थली, एलआरआई,लगायतका विद्यालयलाई समेत पत्रचार गरेको जानकारी दिनुभयो ।

हिजो दिनभरि भएको बैठकले देशैभरका विद्यालयलाई पत्राचार गरिएको थियो । राजधानीभित्रका केन्द्र र जिल्ला, स्थानीय कमिटीले स्थानीय तह र जिल्लाले जिल्ला र प्रदेशले प्रदेश स्तरमा पत्र तयार गरी सम्बन्धित विद्यालयमा पु¥याएका थिए ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले जटिल अवस्थामा पुगेको निजी विद्यालयलाई बचाउने विषयमा सरकारले कुनै निर्णय नगरेको कारण पढाई बन्द गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान बिर्सदै गएपछि बाध्य भएर पढाइ स्थगित गरेका हौं ।’

प्याब्सन अध्यक्ष पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आफू अन्तर्गतका जिल्लाका अध्यक्षलाई निदेर्शन दिएर दुई संस्थाको निर्णय पालना गर्न आग्रह गर्नुभएको थियो । दुई संस्थाले निर्देशन सदस्य विद्यालयले पालना नगरे सदस्यता खारेज गर्नेसम्मको निर्णय गर्न तयार भएको प्याब्सनका सहअध्यक्ष ढुंगानाले स्पष्ट पार्नुभयो । भन्नुभयो– ‘यो सबैको समस्याको विषयको कुरा भएकोले दुई संस्थाको निर्देशन पालना गर्नेपर्छ ।’

शुल्क उठाउन नपाएको झोकमा अनलाइन कक्षा बन्द गरेको आरोप लागेको दुई संस्थाले सरकारसंग वार्ताको ढोका खुला रहेको स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बन्द गरेर समस्या समाधान हुन नसक्ने बताउदै आउनुभएको छ । मन्त्रालयले सबै सरोकारवालासंग बैठक बसेर समस्या समाधान गर्ने तयारीमा रहेको छ ।

मन्त्रालयले इष्टु, अभिभावक महासंघ, शिक्षक महासंघ, संस्थागत विद्यालय अभिभावक संघ लगायतसंग वार्ता गर्ने तयारी गरेको छ । यसअघि पटक पटकको वार्ताबाट समस्या समाधान नभएपछि प्याब्सन र एन प्याब्सनले हिजो साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको थियो ।