अमिताभको भिडियो सन्देशः भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन्


न्युज अफ नेपाल, काठमाडौं ।
कोभिड–१९ बाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावती अस्पतालको आइसोलेशनमा छन् ।

अस्पतालबाट उनले एक भिडियो सन्देश जारी गर्दै डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताए । उनको भिडियो सन्देशमा कोरोना भाइरस विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई इश्वरको उपमा दिएका छन् ।

‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् ? किनकी भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् ।’ उनले भिडियो सन्देशमा भनेका छन्
।

अहिलेको समय केही कठीन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् । सबै एक भएर काम गरेमा चाँडै अहिलेको कठीन परिवेशबाट बाहिर आउन सकिने उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।