वार्षिक र मासिक शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की

जबरजस्ती परीक्षा सञ्चालन, अनिवार्य प्रश्नपत्र र उत्तरपुस्तिका लैजान उर्दी,  केही अभिभावले गरे परीक्षा र अनलाईन कक्षा वहिष्कार



ईश्वरराज ढकाल, काठमाडौं ।

राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्क वापत ४० हजार रुपिया सम्मको बील पठाएपछि विद्यालय र अभिभावकबीच टकराब बढेको छ ।

यति सम्मकी विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजान समेत धम्की दिएका छन् ।

यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले आफुले नयाँ प्रविधिमा आधारिक अनलाईन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यस वापत शुल्क माग गरेको बताउनुभएको छ । आफुलाई सूचना प्रविधि विज्ञ र अनुसन्धान कर्ताको परिचय दिने अध्यक्ष डा. श्रेष्ठले अहिले तिर्न नसकेपनि कुनैपनि हालतमा वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।

अध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ – अभिभावकलाई वार्षिक शुल्क वापतको रकम अहिले तिर्न नसके पछिसम्म तिर्दापनि हुन्छ भन्ने आग्रह गरेका हौ । सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्क समेत गरी जेठ सम्मको २० हजार ४ सय ३३ हजार ५ सयको बील पठाएका छन् बील पठाउदा समस्या देखिने भएपछि भाइबरमा बील पठाएको अभिभावकको भनाई छ ।

यहासम्मकी विद्यालयले प्रत्येक परीक्षा वापत १ हजार रुपिया लिने गरेको छ । विद्यालयले आज असार २२ बाट परीक्षा शुरु भएको जानकारी गराउदै विद्यालयबाट उत्तर पुस्तिका लैजान उर्दी जारी गरेको छ । अभिभाक अमन तुलाधरका अनुसार विद्यालयले अति गरेपछि परीक्षा र अनलाईन कक्षा समेत वहिष्कार गरेको बताउनुभयो । विद्यालयले कक्षा १ देखि १० सम्मको परीक्षा लिन सूचना जारी गरेको छ ।

लक डाउनको समयमा भौतिक दुरी कायम गर्नुपर्ने अवस्थामा विद्यालयले स्कुलमै आएर उत्तर पुस्तिका लैजान आग्रह गरेको हो । परीक्षा सम्बन्धि ५ बुदें निर्देशनमा अभिभावक र विद्यार्थीले घरमा बसेर शिक्षकको अगाडी खाम खोल्नुपर्ने, २४ घण्टाभित्र उत्तर पुस्तिका विद्यालयमा पु¥याउनुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ ।

यस्तो अवस्थामा रकम असुल्नकै लागि परीक्षा शुरु गरेपछि अभिभावकले कडा आपत्ती जनाएका छन् । अभिभावक तुलाधारले भन्नुभयो –यस्तो गम्भीर विषयमा विद्यालयका अध्यक्ष डा.श्रेष्ठसंग पटक पटक आग्रह गरी परीक्षा सञ्चालन नगर्न, वार्षिक शुल्क नलिन र मासिक शुल्कमा केही विचार गर्न आग्रह गर्दा वेवास्ता गरिरहेका छन् । अध्यक्ष श्रेष्ठको धम्की पछि १ सय ३० जना अभिभावकले भाइबर ग्रुप बनाएर अनलाईन कक्षा बहिष्कार गरेका छन् ।

हिसानका उपाध्यक्ष समेत रहेका विद्यालयका अध्यक्ष श्रेष्ठले सिष्टमबाट शुल्क वापतको रकम जारी भएको स्विकार गर्दै कसैलाईपनि जबरजस्ती नगरेको बताउनुभयो । अभिभावकसंग बस्दा उहाले आफुलाई वेफुर्सद भएको बताउदै आउनुभएको अभिभावकको आरोप छ ।

यहासम्म कि विद्यालयले ८ सय विद्यार्थी रहेको विद्यालयमा १ सय ३० विद्यार्थीले स्कुल छाड्दा कुनै समस्या नपर्ने धम्कि समेत दिएको अभिभावको भनाई छ ।

विद्यालय प्रशासनले पटक पटक टेलिफोन गरी शुल्क तिर्न ताकेता गरेपछि अभिभावकले प्याब्सन र काठमाडौं महानगरपालिका शिक्षा विभाग गुहारेका छन् । उनीहरुले शिक्षा विभागमा उजुरी दिएका छन् । अहिले हामी ६३ जना अभिभावकले हस्ताक्षर गरेका छौ, यो क्रम बढ्ने क्रममा छ–तुलाधरले भन्नुभयो ।

‘सहमतिमा मासिक शुल्क तिर्ने तयारी गर्दापनि नमानेपनि बाध्य भएर परीक्षा र अनलाईन कक्षा वहिष्कार गरेका हौ’–अभिभावक तुलाधरले भन्नुभयो ।

हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठले अनलाइन कक्षालाई लगातार पढाइ सरह मान्यता दिँदै दिएको कारण रकम माग गरेको बताउनुभयो । हामीले सबै रकम अहिलनै मागेका छैनौ, पटक पटक तिर्नेगरी आग्रह गर्दापनि अभिभावकले अस्विकार गरिरहेका छन–उहाले भन्नुभयो ।

अधिकांस विद्यालयले मासिक शुल्क मात्र लिएको अवस्थामा सो विद्यालयले एक वर्षभित्र जसरी भएपनि वार्षिक शुल्क तिर्नैपर्ने अडान दोहो¥याएको छ ।

मेसो विद्यालयको अनलाईन पढाईको सिष्टम फरक भएकोले बढी रकम मागेको जस्तो लागेको हुनसक्ने बताउदै अभिभावकसंग रकम माग्नु कुनै गल्ती नभएको बताउनुभयो ।

विद्यार्थीको आन्तिरिक मुल्याङकन गर्न अनिवार्य रुपमा परीक्षा लिएको जिकीर गर्दै परीक्षाको विषयमा आफु गलत नभएको दाबी गर्नुभयो ।

अभिभावकले भने अहिलेको अवस्थामा परीक्षा जरुरी नभएको बताउदै मासिक शुल्क लिएर अनलाईन कक्षा चलाउन आग्रह गरेका छन् । उनीहरुले विद्यार्थीलाई अनावश्यक दवाब दिन र रकम असुल्न परीक्षा लिएको आरोप लगाएका छन् । सो विद्यालयले यही २९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अध्यक्ष डा. श्रेष्ठले अभिभावक संगको कुराकानीमा आफु ‘सरकारका सूचना विज्ञ भएको र अनलाइन कक्षालाई विद्यालयले पढाइ शुरू गरेको जानकारी गराउँदै आएका छन् । नेपालसमाचारपत्र संगको कुराकानीमा उहाले भननुभयो– नया प्रविधि प्रयोग गरी पढाउदा आफुमाथि आरोप लाग्ने गरेको मा अचम्म लागेको छ ।

तर वार्षिक शुल्क उठाएको विषयमा उहाको भनाई थियो–उहाहरुलाई अहिल्यै दिनुपर्ने भनेका छैनौ, रकम भएको बेला मागेका हौ । मासिक शुल्क मात्र लिने मिल्दैन भन्ने प्रश्नमा उहाको उत्तर थियो–यो त हाम्रो सिष्टम हो , जहिले भएपनि तिनैपर्छ ।

शुल्क लिए कारबाही ः कामपा शिक्षा विभाग

काठमाडौं महानगरपालिका संस्थागत विद्यालय शाखा प्रमुख मोति खनालले छकाउनी स्थित काठमाडौं भ्याली स्कुलको विषयमा मौखिक उजुरी आएको बताउनुभयो ।

उहाले सो विद्यालयले मनपरी रुपमा शुल्क उठाएको जानकारी आएको बताउदै शुल्क नलिन मौखिक रुपमा निर्देशन दिएको बताउनुभयो ।

उहाले बिहान नेपाल समाचारपत्रसंग कुरा गर्नेक्रममा पत्र पुगेको थिएन । अभिभावकले दिउसो पत्र पु¥याएपछि थप छानविन शुरु गरेको छ ।

अभिभावकले गतवर्ष भन्दा पनि बढी शुल्क तिर्ने पक्षमा नभएको उल्लेख गर्दै वार्षिक शुल्क नतिर्ने र मासिक शुल्कपनि न्युनतम रुपमा तिर्ने जनाएका छन् ।

शुल्कको बारेमा विद्यालय प्रशासनसंग पटक पटक छलफल गर्दापनि समस्या समाधन नभएपनि उजुरी दिन बाध्य भएको अभिभावकको उजुरीमा उल्लेख छ ।

विद्यालयले अपराध ग¥यो हरीकृष्ण श्रेष्ठ, अध्यक्ष प्याब्सन काठमाडौ

प्याब्सन काठमाडौका अध्यक्ष हरीकृष्ण श्रेष्ठले छाउनी स्थित काठमाडौ भ्याली स्कुलले विद्यार्थीसंग मनपरी शुल्क असुल्न खोजेर अपराध गरिरहेको बताउनुभयो ।

उहाले सरकार र निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनबीच वार्ताबाट समस्या समाधान गर्ने विषयमा छलफल भैरहेको अवस्थामा एउटा विद्यालयले अभिभावकसंग मनपरी शुल्क असुल गर्न खोजेर गलत गरेको बताउनुभयो ।

भन्नुभयो–यो त अपराध सरह हो, हामीले विद्यालय प्रशासनलाई आग्रह गर्दापनि समस्या समाधान हुन सकेको छैन । काठमाठौ जिल्ला शिक्षा समन्वय इकाइसंग छलफल गर्दापनि विद्यालयले वेवास्ता गरिरहेको छ ।

उहाले यो विद्यालयलाई कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा कामपा शिक्षा विभागले निर्णय गर्ला तर प्याब्सनको भनाई अनुसार यो अवस्थामा अभिभावकलाई समस्यामा पार्नु हुदैन ।

प्याब्सनले यो विषयमा छलफल गरी ठोस निर्णय लिने तयारी गरिरहेको उहाको भनाई छ । अभिभावकले आज प्याब्सन काठमाडौमा पनि उजुरी दर्ता गराएका छन् । हामीले उजुरी दिएका छौ, के निर्णय हुन्छ प्रतिक्षा गरीरकेको छौ–एक अभिभावकले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्