कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल

0
Shares

नयाँदिल्ली,एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले उत्तर प्रदेशको कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा छनौट गर्ने निर्णयको स्वागत गर्दै यसले स्थानीय जनतालाई थप अवसरहरु प्रदान गर्ने बताएका छन् ।

यसबार संघिय मन्त्रीमन्डलले निर्णय गरेपछि मोदीले ट्विट गरेका छन् , ‘ उत्तर प्रदेश , पर्यटन र भगवान बुद्धको असल विचार उपदेशबाट प्रेरितहरुका लागि खुशीको खबर हो । कुशीनगर विमानस्थल अब अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ ।

सम्पर्क संजालमा महत्वपूर्ण सुधार हुनेछ । थप पर्यटक र भक्तजन आउनु भनेको स्थानिय जनताका लागि अझै राम्रो अवसरहरु प्राप्त हुनु हो । ’कुशीनगर विमानस्थल थुप्रै प्रख्यात बौद्ध साँस्कृतिक स्थल श्रावस्ती , कपिलवस्तु र लुम्विनीले घेरिएको छ । कुशीनगर आफैं पनि बौद्ध सास्कृतिक सम्पदा भित्र पर्दछ ।