‘क्रिस्मस ट्रि’ लाई पानीको सट्टा बियर

0
Shares

एजेन्सी । चर्चित आईरिस बियर कम्पनी गाईनेसले लकडाउनको क्रममा क्रिसमस ट्रिहरूको उर्वरताको लागि पानीको सट्टा बियर प्रयोग गरिरहेको छ । कम्पनीले लकडाउनका कारण प्रयोगमा नआएको बाँकी  लाखौं बियरहरू प्रयोग गरिरहेको छ । उक्त बियर कम्पनीले लकडाउनका बावजुद पनि आफ्ना केही बिक्री केन्द्रहरु खुला नै राखेको थियो ।

कम्पनीले प्रयोगमा नआएका तथा पब र बारहरुबाट फिर्ता गरिएका बियरहरुलाई शहरको वातावरण संरक्षणका लागि प्रयोग गर्ने योजना बनाएको हो । सन् १७५९ मा आयरल्याण्डमा स्थापना भएको यो बियर कम्पनी हाल विश्वका ५० देशहरुमा उत्पादन हुँदै आएको छ भने करिव १२० देशहरुमा यसको उपलब्धता छ ।

विश्वको चर्चित मदिरा उत्पादकहरु मध्ये गाइनेस एक हो । अरु कम्पनी भन्दा भिन्नै स्वादका कारण पनि उक्त कम्पनीका बियरहरु विश्वभरका प्रयोगकर्ताहरु माझ लोकप्रिय छन् ।