स्याङ्जामा एक स्वास्थ्यशाखा प्रमुख मृत फेला


भूपराज बस्याल, स्याङ्जा ।

गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ करिब ४:३० बजे घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।