ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौँ ।

कोठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत २ जना विरामीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गुल्मीका ७६ वर्षीय र पोखराका ६० वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका दुवै जनालाई यसअघिदेखि नै कोरोना संक्रमणको आशंकामा सतर्कता अपनाएर उपचार गरिएको थियो । उनीहरु मध्ये एक जना आईसीयूमा रहेका अस्पतालले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये २ जना विरामी ह्याम्स अस्पतालमा उपचाररत रहेका बताइएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।