बाढीले मोटरसाइकल बगाउँदा चालकको मृत्यु


हेटौंडा, (नेस)

अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकल बगाउँदा चालकको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजे मकवानपुरको भीमफेदी गापा–८, पोगटेस्थित भित्री सडकखण्डमा देउराली बस्ने वर्ष २३ का कृष्ण खनालको बाढीमा बग्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भीमफेदीको इपातर्फ बा.४४ प ६०५८ नम्बर मोटरसाइकलमा आउँदै गरेका उनलाई अविरल वर्षासँगैको बाढीले बगाउँदा करिब ५ सय मिटर तल मृत अवस्थामा फेला परेको जिप्रका मकवानपुरका सँचना अधिकारी प्रनि सुजन पाठकले बताउनुभयो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।